दफा १६
अस्थायी समितिको सभापति तथा उपसमितिको संयोजक र सदस्यले पाउने सुविधा

(१) कुनै खास प्रयोजनका लागि प्रतिनिधि सभा वा राष्ट्रिय सभामा अस्थायी प्रकृतिको कुनै समिति गठन गरिएमा त्यस्तो समितिको सभापति र सदस्य तथा सो समिति अन्तर्गत गठित उपसमितिको संयोजक र सदस्यले दफा ४ को उपदफा (१) बमोजिमको बैठक भत्ता पाउने छन्।

(२) उपदफा (१) बमोजिम गठित समितिको सभापतिलाई सवारी चालक सहितको सवारी साधन एक र सभापतिलाई दिइने सरहको इन्धन सुविधा दिइनेछ र अन्य सदस्य तथा उपसमितिको संयोजक र सदस्यलाई दफा ७ को उपदफा (५) बमोजिम यातायात सुविधा बापत तोकिए बमोजिमको रकम दिइनेछ ।